
पथरी । केराबारी गाउँपालिका वाड न ५ घेदुङ्ग चोैकको २ वटा घरमा आगलागी हुदा करिब ३८ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।
इलाका प्रहरी कार्यालय केराबारीका सहि बिपिन थापाका अनुसार बुद्धिबहादुर तामाङ्ग (झाक्रि कान्छा) टिकामाया तामाङको घर आगलागी हुदा उत्त क्षती भएको हो ।
आज बिहिबार बिहान करिब ५ः३० बजेको समयमा बिधुत सर्ट भइ आगलागी भएको थियो । काठको घर भित्र रहेको फर्णिचर लत्ता कपडा लगायत सम्पूर्ण समानहरु आगलागीमा नष्ट भएको थियो । आगलागी भए पछि इलाका प्रहरी केराबारीको टोली स्थानिय, मानिसहरु दमकलको सहायताले आगो नियन्त्रण गर्ने कोसिस गरे पनि आगो नियन्त्रण गर्न सकेन ।
आगलागी परेर मानविय तथा पशुचौपायमा क्षती नभएको प्रहरीले जानकारी दिएको छ ।






