
पथरी । ब्राउन सुगर सहित ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दमक नगरपालिका–२ खरखरेबाट इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
बुधबार बेलुका दमक नगरपालिका २ वर्ष ३६ का सन्तोष राजवंशी, वर्ष ३६ का लिलाकुमार बुढाथोकी, बर्ष २८ का केशव धिमाल र बर्ष ३१ का सन्दिप लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनिहरुको साथबाट प्रहरीले को १४ प ७७८४ र मे ८ प ३०६६ नम्बरको २ वटा मोटरसाईकल तथा बिभिन्न कम्पनीको ५ थान मोवाईल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।






