पथरी । स्कुटर चोरी गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इटहरी उप–महानगरपलिका–१३ बाट चोरी गरेको स्कुटर स्कुटर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वर्दिवास नगरपालिका–२ महोत्तरीका ३० बर्षीय राम दुलार महतो रहेका छन् । बुधबार बेलुका इटहरी–१३ का रोशन चौधरीको घर अगाडी पार्कीङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दियो । पक्राउ परेका महतोको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया