अर्जुन काफले
पथरी । मोरङ उर्लाबारी २ भुसीका ओम बहादुर धिमाल बिहानै घर बाट निस्कछन । साइकलमा एउटा प्लाष्टिकको सुटकेश बोक्छ्न । सुटकेश भित्र कैचि, सानो ऐना, काइयो, छुरा ब्लेड र कपडा राख्छ्न ।
बिहानै घर दैलोमा पुग्ने धिमालको दिनचार्य नै घर घर पुगेर कपाल र दार्हि काटनु हो । धिमालको आर्थिक श्रोत कपाल काटेरै जुटिरहेको छ ।
उर्लाबारी २ सुन्झोडामा कपाल काटिरहेकै बेला भेटिएका धिमालको दैनिक १ हजार कमाई भैरहेको र श्रम गर्न बिदेसिनु नपरेको बताए ।
१२ बर्ष अघि बैदेशिक रोजगारीमा कतार पुगेका उनले ८ बर्ष कतारमा बिताए । कतार जानु अघि कपाल काट्ने तालिम लिएका धिमालको तालिमले कतारमा काम गर्दा सार्थकता पायो ।
२,३ हजार रोजगारी गरिरहेको दोहाको मिट म्याट कम्पनीमा काम गर्ने नेपालीको कपाल काटन थालेपछि उनी थप कमाई गर्न थाले । नेपालीहरुको कपाल काटन थालेपछि उनी झन निखारिए ।
छुट्टि र अन्य समयमा कपाल काटेरै कम्पनीबाट पाउने तलब भन्दा बडि कमाई गर्थ । कतारमै रोजगारी गरिरहेका उनि नेपाल छुट्टिमा घर फर्के पछि फेरि कतार जान मन लागेन बरु नेपालमै बसेर स्वरोजगार बनेर बस्न मन लाग्यो ।
नजिकैको पथरी र दमक पुगेर शैलुनका लागी आवस्यक सामाग्री खरिद गरे र सुरु गरे ब्यावसाय । उनले भनेझ कतारमा ८ बर्ष गरेको मेहनत देशमै गर्दा आम्दानी बढने सोचेर यतै ब्याबसाय सुरु गरेको हु, कमाई राम्रै छझ।
उनले घरमै आएर कपाल र दार्हि काटेको १ सय रुपैया लिने गरेका छ्न । बजार गएर शैलुनमा दार्हि कपाल काटेको २ सय रुपयाँ लाग्ने गरेको छ । सस्तोमै घरमै कपाल काटन पाउदा बजार जाने समस्या टरेको उर्लाबारी २ का बिष्णु बिष्टले बताए । धिमालले कपाल काटन हिददा सुरुमा स्थानियले पत्याएनन । जव काम सुरु गरे अनि बिश्वास जित्दै गए । अहिले कमाई राम्रो मात्र भएको छैन धिमालको रोजगारीका लागी बिदेश जाने बाध्यता समेत हटेको छ ।
सिप सिके पछि बेरोजगार नहुने उनको भनाई छ । सिप भए देश र बिदेशमा पनि भोकै बस्नु पर्ने रहेनछ धिमालले भने ।

तपाईको प्रतिक्रिया