पथरी । टेम्म्के मैयुङ गाउँ पालिका वडा न. १ तिम्मा क्षेत्री गाउँको भिमबहादुर खत्री (गर्भे कान्छा) को दुबै मृगौलाले काम गर्न छाडे पछि उपचार गर्नको लागी परिवारले सहयोगको अपिल गरेको छ ।
यही पौष १४ गतेदेखी एक्कासी बिरामी परेपछि हिजो शुक्रबार भोजपुर सिद्धाकाली अस्पतालमा चेक गर्दा दुबै मृगौलाले काम गर्न छाडेको भन्दै चिकित्सकले नोवेल सिफारिस गरे पछि उपचारको लागी सहयोगको अपिल गरेको हो ।
शुक्रबार रातीबाट विराटनगर स्थीत नोवेल अस्पतालको सघन कक्षमा राखेर उपचार गरिरहेको बताउदै आफुसंग भएको रकम सबै सकिएको बताउदै सहयोग गरेर आफनो श्रीमान बचाईदिन श्रीमती दिलकुमारी दाहालले अपिल गरिन ।
सहयोग गर्न इच्छुक दाताले ९८२७३८१०७३ मा सम्पर्क गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया