विजय खम्बू
पथरी । पथरीशनिश्चरे १० बिरेन्द्रनगरमा (डाँसगङगा) वर्ष ४९ का प्रकाश राईले लोकल कुखुरा पालेर राम्रो आम्दानी गर्छन ।
प्रकाशले अहिले करिब ६ धुर क्षेत्रफलको जग्गालाई बारेर २ सय कुखुरा लगाएका थिए । आज पौष २३ गतेको दिन ५० वटा २ केजी १ सय ग्राम प्रतिगोटा तौल रहेको १ सय १० केजी बेचे । प्रकाशले ५ महिनामा ६३ हजार ८ सय रुपौया आम्दानी गरे । अझै १ लाख रुपैयाँ भन्दा बढीको कुखुरा प्रकाशको खोरमा रहेको बताउछन ।
५ महिनामा अगाडी २ सय वटा चल्ला लगाएका प्रकाशले कुखुरा बेच्दा ५ सय ८० रुपैयाँका दरले प्रतिकेजी बेचेको बताउछन ।
ब्यवसायिक रुपमा लागेर लाखौं रुपैयाँ लगानी गरेर स्थानिय सरकारबाट अनुदान समेत लिएका अन्य लोकल कुखुरा पालक कृषकहरु असफल भईरहेको अवस्थामा प्रकाशको यो सफलताम एउटा उदाहरण हो ।
प्रथम पटक ५ सय वटा चल्ला लगाएका बताउने प्रकाशले त्यसबेला पनि राम्रै आम्दनी गरेको बताउछन । दोस्रो लटमा पहिलो लट अनुसार आम्दनी नभए पनि आफु र परिवारलाई नुन चामल खाने आम्दानी गर्न सफल भएको बताउछन ।
यो तेस्रो लट हो, र यस लटमा पनि ठिकै आम्दानी हुने बताउने प्रकाश राईले चल्ला २ महिनासम्माको चल्लालाई दाना नै खुवाउने गरेको बताउछन । त्यस पश्चात भने मकै धान दाना मिलाएर ६० प्रतिशत र हरियो झारपात र घाँस मिलाएर ४० प्रतिशत खुवाउने गरेको बताउछन ।
यसलाई चल्ला अवस्थामा असाध्यै स्याहार गर्नु पर्ने प्रकाशको अनुभब रहेको छ ।

तपाईको प्रतिक्रिया