
पथरी । नेकपा एमाले पाटीबाट निर्वाचित प्रदेश सभा सदस्य हिक्मत कार्कीले ६० जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्री पदको लागी दाबि पेश गरेका छन ।
नेकपा एमाले बाट हिक्मत कार्की सहित ४० जना माओबादी केन्द्रका संसदिय दलका नेता इन्द्र आङबो सहित १३ जना, राप्रपाका संसदिय दलको नेता भत्तीप्रसाद सिटौला सहित ६ जना र जनता समाजबादी पार्टीको निर्मला लिम्बु १ जना सहितको समर्थनमा दावि पेश गरेका हुन ।
१ न. प्रदेश प्रमुखको कार्यालयलाई सम्बोधन गरेर लेखिएको पत्रमा प्रदेशसभाका संसदिय दलका बहुमत नेताहरुको हस्ताक्षर सहितले दावि पेश गरे पछि कार्की नै प्रदेश न. १ को चौथो मुख्यमन्त्री बन्ने निश्चित बनेको छ ।
झापा क्षेत्र ५ (क) बाट कार्कीले २२ हजार ५ सय ३० मत ल्याए निर्वाचित भएका थिए भने कार्कीका प्रतिद्धन्दी नेपाली कांग्रेसका जीवन राईले १७ हजार ५८ मत प्राप्त गरि पराजित भएका थिए थिए ।






