पथरी । सागरमाथा हायर सेकेन्डरी सकूलका शिक्षिकाले एक छात्रालाई स्प्रिट खुवाउदा बिद्यार्थीको मृत्यु भएको छ ।
प्रदेश न. २ को सिरहा नपा ११ पदमपुरका धर्मेन्द्र महराको छोरी वर्ष १६ की सृजना कुमारी महराको उपचारको क्रममा मृत्यु भएको होे ।
बिरामी रहेकी महरालाई औषधी खुवाउने क्रममा शिक्षिकाले पानीको सट्टामा स्पिरिट दिएपछि बिरामी झन बिरामी भए पछि फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पु¥याएर उपचार क्रममा गए राती मृत्यु भएको उनको उपचारमा संलग्न उत्त अस्पतालका डा. श्यामकुमार शाहले जानकारी दिए ।
महराको मृत्यु भए पछि आक्रोसित विद्यार्थीले आन्दोलित हुदा अहिले मिर्चैया बजारको स्थिति तनावग्रस्त बनेको छ । आन्दोलित भएका बिद्यार्थीले स्कूल क्षेत्रमा ढुङगा बर्साउन थाले पछि स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा झडप भएको थियो । झडपमा परेर डिएसपी हरिबहादुर वली सहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये प्रहरी सहायक निरिक्षक सुरेन्द्र यादबलाई थप उपचारको लागी काठमाण्डौं लगिने तयारी भई रहेको प्रहरीले जनायो ।

तपाईको प्रतिक्रिया