पथरी । नेपाल प्रहरीले श्रोत नखुलेको रकम ७ लाख ९ हजार रुपैयाँ नगद सहित एक जनालाई पक्राउ गरेको छ ।
बुधबार बेलुका ४ बजेको समयमा बिराटनगर महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैङ्क छेउबाट बिराटनगर–१८ का ३६ बर्षीय रवि प्रकाश साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साहबाट बिभिन्न बैङकहरुको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक बुक ९ थान र को.२४ प ७९८४ नम्वरको मोटरसाईकल बरामद गरेको प्रहरीले जानकारी दियो ।
पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया