
पथरी । प्रहरीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१ झापाबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार बेलुका प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा हिडिरहेका मेचीनगर नगरपालिका–१ वर्ष ३० का शक्ति प्रधान र वर्ष २२ सिदार्थ तामाङलाई१ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरी जनायो । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर कारबाही अगाडी बढाएको जानकारी दिएको छ ।






