
पथरी । पथरीशनिचरे नगरपालिका ७ नम्बर वडा कार्यालउले दुर्गा माबिका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।
पथरीशनिश्चरे ७ लामाटोलमा स्थापित दुर्गा माबिका १ सय ३० जना विद्यार्थीहरुलाई जाडोयाममा बालबालिका शिर्षक अन्र्तगतको बजेटबाट स्वीटर वितरण गरेको हो ।
१ लाख १० हजार रुपैयाँ रकम बराबरको स्वीटरहरु वडामा रहेका ३ वटा सामुदायिक विद्यालयमा अध्यानरत कक्षा नर्सरीदेखी कक्षा ५ सम्मा अध्यान गर्ने विद्यार्थीहरुलाई प्रदान गरिएको वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतले बताए ।
अध्यक्ष बस्नेतका अनुसार बालकल्याण माबिका १ सय १७, चन्द्र किरातेश्वर माबिका ९२ जना र दुर्गा माबिका १ सय १३ जना गरि जम्मा ३ सय २२ जनालाई स्वीटर वितरण गरिएको बताए । तस्वीर दुर्गा माबिका शिक्षिका लक्ष्मी बस्नेतको फेसबुकबाट साभार गरिएको ।






