स्थलगत रुपमा निरिक्षण गर्दै वडा न. १ वडा अध्यक्ष भिमकुमार राई ।
पथरी । पूर्व पश्चिम महेन्द्र राजमार्गको उत्तर र दक्षिण पटी राखि ल्याएको हलुका सवारीको स्टेण्ड (टयाक्सी स्टेण्ड- जाँतेमोडमा सार्नको लागी पहल गरिने भएको छ ।
जाँतेमोडको सार्बजानिक सौचालयसंगै रहेको खाली जग्गामा वन कार्यालयसंग समन्वय गरेर स्टेण्डलाई स्थानतरण गरिने तयारी भएको हो ।
पथरीलाई सुन्दर सफा र ब्यवस्थीत दुरघटना रहित शहरको रुपमा विकास गर्नको लागी सवारी साधनका स्टेण्डलाई बिभिन्न स्थानहरुको तोकिएको पथरीशनिश्चरे नगर पालिका वडा न. १ का वडा अध्यक्ष भिमकुमार राईले जानकारी दिए ।
महेन्द्र राजमार्गमा गुडने सवारी साधनको लागी पुर्वमा साकेलाथान अगाडी र पश्चिम तर्फको पथरी पुल पारीको श्रीजङगा धार्मिक वन अगाडी केही अगाडी नै सारिएको छ ।
टेम्पो तथा सफारी स्टेण्डलाई सुनाखरीचौक, यलम्बरचौक, अन्नपूर्ण चौक शिखरचौक मन्दिर लाइनमा स्थानतरण गरिसकिएको अध्यक्ष राईले जानकारी गराए ।

तपाईको प्रतिक्रिया