
पथरी । इलाका प्रशासन कार्यालय मंगलबारे उर्लाबारी मोरङका कर्मचारीले साइलो दर्जीको नाममा जारी भएको नागरिकताको अभिलेख माग्दा साइलो दमाई भनेर पठाइएको छ ।
पथरीशनिश्चरे २ का साइलो दर्जिले आफनो नागरिकताको फोटो मेटिए पछि नागरिकता प्रतिलिपि निकाल्न इलाका प्रशासन कार्यालय मंगलबारे जाँदा कर्मचारीले अभिलेख मागिएको पत्रमा दर्जिलाई दमाई भनेर उल्लेख गरि पठाएको भेटिएको हो ।
साइला दर्जिको नाममा जारी भएको नागरिकता प्रमाणपत्र न. १६९५÷२६९५ नम्बरको अभिलेख पौष ११ गते मागिएको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीलाई मागिएको अभिलेख पत्रमा साइलो दमाई भनेर उल्लेख गरिको छ ।

उनको नाममा जारी भएको नागरिकतामा दर्जि, सुनसरी भा. सि. बाट २०५८ माघ २८ गते बसाई सराई दर्ता प्रमाणपत्रमा पनि साइलो दर्जि भएको, श्रीमती उर्मिला दर्जीको नाममा जारी भएको नागरिकताको पति पत्नी नाममा पनि साइलो दर्जी नै उल्लेख भए पनि कर्मचारीले भने दमाई भनेर उल्लेख गरेको पाइएको छ ।
वडा न. २ का वडा अध्यक्ष नैना राईले नागरिकता प्रमाणपत्रको प्रतिलिपिको अनुसुचि फारममा पनि दर्जिनै उल्लेख गरेर पठाएका छन । तर अनुसुचि फारममा रातो मसिले हस्ताक्षर गरि (१) नम्बरमा अभिलेख (२) भोटलिष्ट (३) सनाखत निर्णयर्थ पेश गर्ने भनिएको छ ।
प्रमाणको रुपमा मागिएको अभिलेखमा नै गलत शब्द चयन गर्दै उल्लेख गरि पठाएपछि अभिलेख आउछ त ?








