
पथरी । प्रहरीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका वडा नं.९ वर्ष २१ देवराज दंगाल र मेचीनगर नगरपालिका वडा नं.१५ वर्ष २१ का सन्देश राईलाई ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । हिजो दिनको ३ बजे लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ५० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापा राखेर आवश्यक कारबाही सुरु भएको प्रहरीले जानकारी दिएको छ ।






