
पथरी । कमल थापाको खेतीपाती छैन । बाख्रा बस्तुु पालक पनि होइनन् । तर विकासउन्मुख पथरी बजारमा बस्छन । परिवार पालेका छन । एउटा ठेलाको सहारा लिएर उनी ब्यापार गर्छन । त्यही ठेलाले ब्यवसायी भएका छन । उमेरले ३३ वर्ष बसन्त पार गरेका उनि पथरीशनिश्चरे १ को मोरङ अस्पतालसंग जोडिएको घरमा आफनो पसल चलाउछन ।
बिहान ७ बजे पसल खोलेर किचनको काममा लाग्ने कमल आफै सानदार कुक हुन । किचनको प्राय काम १० बजे सम्मा सक्छन । १२ बजे तिरको समयमा पश्चिम स्टेन पथरीखोल पारीपटी ठेला लिएर हिडछन । ठेलामा चिकन ललिपप, चिकन चाउमिन, चिकन मः मः चिकन सेफाली, अन्डा चप, फ्राई राइसको अवश्यक सामग्री हुन्छ ।
त्यही पश्चिम स्टेनको छेउपटि ठेला राखेर ग्राहकको रोजाई अनुसार ग्यासमा तताउदै उनि बेच्न थाल्छन । दैनिक १५ सय रुपैयाँ देखी २ हजार रुपैयासम्मा कमाउछन । कमाएको पैसा स्थानिय सहकारीमा बचत गरेका छन । केही समय पछि बचत जम्मा गरेको पैसाले भिट्टा किन्ने बताउछन ।
पश्चिम बुटवलमा जन्मीएका कमल पथरीशनिश्चरेकी रोश्नी राईसंग बिवाह गरे पछि यतै बस्न थालेका छन । अब स्थाई बसोबास नै पथरीलाई बनाएर बस्नेको कमलको सपना सफल होस ।






