पथरी / बिपत्या मल्लीक वर्ष ५१ पुगे । उनको एउटै मात्र सिप छ । सौचालय सफा गर्ने । सौचालय सफा गर्नु बिपत्याको पुख्र्यौली पेशा नै हो ।
सिराहामा जन्मीएका बिपत्या करिब ४६ सालदेखी पथरीमा आएको बताउछन । साबिक शनिश्चरे १ भुटानी शरणार्थी भएको ठाँउमा आएर बसे, शरणार्थी जीवन ब्यातित गरिरहेका नेपाली नागरिक भुटानीहरुको सौचालय सफा गर्ने काम गरे । केही समय पश्चात पथरीमा रहेका सफाईका अर्को नाम महेन्द्र मल्लीकबाट पथरी बजार क्षेत्रको सौचालय सफा गर्न सहित पथरी बजार क्षेत्र नै १ लाख ८० हजार रुपैयाँमा किने । त्यस बेला पहिलादेखी सफाईको काम मानिससंग एरिया नै किन्ने चलन थियो ।
छेदी मल्लीकसंग मिलेर किनेको पथरी एरियाको मालिक भए । बजार सफाई, मरे सडे गलेको मान्छे तथा पशुको लाश दाहसंस्कार गरे । गन्हाएर बजार तथा बाटो नै दुर्गन्धीत भएका किरा सरिका लाशहरु दाहसंस्कार गरे बापत गाबिसबाट पारिश्रमीक बापत केही नगद पाउथे । र हाल पनि त्यो क्रम निरन्तर नै गरिरहेका छन ।
सौचालय सफा गर्न पहिला उनलाई खोज्न आउथे तर अहिले आउदैनन । गाडीले सफाई गर्ने भएको हँुदा काम पाउदैन । त्यही भएर अहिले एउटा टिनको भाँडा नास्ताको बटुका साइकलमा बोकेर कामको खोजीमा निस्कन्छन ।
काम खोजेर महिनामा २० देखी ३० हजारसम्मा कमाउछन । सौचालय सफा गर्ने काम गरेर नै पथरीमा जग्गा किनेर घर बनाएका छन भने उर्लाबारी मंगलबारेमा नम्बरी जग्गा किनेका छन ।
७ छोराछोरीको बुबा बिपत्या एक छोरा पथरी नगर अस्पतालमा सफाईकै काम गर्छन । श्रीमती पथरी बहुमुखी क्याम्पसमा सफाई कर्मचारी हुन ।

तपाईको प्रतिक्रिया