
पिडितहरु आफुले बचत गरेको खाता देखाउदै ।
पथरी । आर्कषक ब्याज दिने भन्दै सर्ब साधरणको बचत गरेको रकम १२ करोड ५० लाख रुपैयाँ सहित एक सुनचाँदी ब्यापारी अहिले फरार भएका छन ।
सर्बसाधारण ब्याजमा जम्मा गरेको रकम लिएर उर्लाबारी ५ तरुण चोकका सुनचाँदी पसल संचालक वर्ष ४९ का राजेश भनेर चिनिने गोपाल गौतम फरार भएका हुन ।
उर्लाबारी र आसपासमा बस्ने ३ सय ३६ जना सर्वसाधरणले बचत गरेको साढे १२ करोड रुपैयाँ भन्दा बढी रकम लिएर गौतम फरार भएको पिडितहरुले जनाएका छन ।
पसल सञ्चालक पसल बन्द गरि फरार भए पछि हाल पिडितहरु जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिए । बचतकर्ताको रकम फिर्ता गराउन पहल गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका पिडितहरुले नाराबाजी समेत गरेका थिए ।
पिडितहरुले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख काशिराज दाहाल र मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला दवाब दिएका थिए ।






