
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न.१ सुन्दरवस्तीमा रहेको सुन्दर बाल विकास केन्द्रको भवन निर्माणको सुरु भएको छ ।
वडा न. १ को वडा अध्यक्ष भिमकुमार राईको पहलमा नगरपालिकाको १० लाख रुपैयाँको बजेटमा निर्माण कार्य सुरु भएको हो ।
सुन्दर बस्ती लगायत आसपासका बालबालिकाको २६ जना बच्चाहरु पढीरहेका बालकेन्द्र भवन निर्माण उपभोत्ता समुहका सचिव हेम बर्देवाले बताए ।
हिजो मंगलबार निर्माण कार्यको शुभारम्भ भएको कार्यक्रममा वडा १ का अध्यक्ष भिमकुमार राई, शैक्षिक अभियन्ता प्रदिप कु. राई, सुनाखरी माबिका प्रधानाध्यापक नरेन्द्र घिसिङ लगायतको उपस्थिती रहेको थियो ।






