पथरी । प्रहरीले ९० किलो गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ उखुडाँडा को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो ।
उत्त बसमा सवार रहेका सहिदभूमी गाउँपालिका–१ धनकुटाका वर्ष ३२ का सुरज राईको साथबाट ४० ग्राम, र वर्ष २२ सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो । बस र बसका चालक सुन्दरहरैचा–५ मोरङ वर्ष का ५१ रुद्धबहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका–७ का वर्ष ४३ फत्तेमान राई र चौबिसे गाउँपालिका–५ धनकुटा वर्ष २९ सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।
बिराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजा सहित धनकुटा सहिदभुमि गाउँपालिका–४ का वर्ष ४४ का यज्ञप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । तेजपत्ताको तीन वटा बोरामा गाँजा प्याक गरेर राखेको अवस्थामा पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया