
पथरी । बिगत १६ वर्ष अगाडी सामन्य तरिकाले सुरु गरेको ब्यापारलाई बर्ष ४० की तारा धिमालले अहिले पथरी बजारमा एउटा ब्राण्ड बनाउन सफल भएकी छिन ।
खाजा नास्ता बनाउनलाई अलि बढी मिहेनत गर्छिन । ठिक्क नुन खुर्सानी, र सिलौटा वा मिक्चरमा पिसेको मसला प्रयोग गर्छिन । अनि खुवाछिन ग्राहकलाई । बिहानको समयमा चिया, बिस्कुट, थुक्पा र चाउमिन बनाउछिन ।
९ बजे पश्चात सुङगुरको आन्द्रा (तेरेङ) चिउरा भुजासंग मिलाएर ग्राहकको रुचि अनुसार बेच्छीन । दिनको १२ बज्न सुरु हुनै लाग्दा माछाको ग्रेभी, सुक्खा, चिउरा, भुजा तथा सलाद र (गोरा) स्थानिय लोकल रक्सीबाट सुरु हुन्छ धमकेदार ब्यापार ।
दैनिक ८ देखी १५ किलोसम्मा माछा बनाएर बेच्छीन । ताराको ग्राहक प्राय पुरानै ग्राहकहरु हुन्छन । पुरानै ग्राहकले नयाँ मान्छे ल्याएर आए परिकार स्वादिष्ट मानेर खान्छन अनि जान्छन ।
ब्यपार सुरु गर्दा भित्र पटी इटा र काठ बाहिर पटि टिन र बाँसको कप्टेरोले बारेर बनाएको सामन्य डेराबाट अहिले करिब ६५ लाख लगानी गरेर घर बनाएकी छिन ।
२ बर्ष अगाडी घर बनाई सकिन । घर पनि पिरैले बनाएकी हुन । बर्षायाममा पानी परेको बेला उनको पसल भित्र पानी पसेर आहाल बन्थ्यो । उनको श्रीमान राम धिमाल जमेको पानीलाई मोटर लगाएर फयाक्दै गर्दा श्रीमती तारा भने ग्राहकको डिमाण्ड अनुसारको परिकार बनाउदै दिन्थीन ।
घर बनाएको घडेरी पुख्र्यौली नै भए पनि घर बनाउने सम्पूर्ण खर्च त्यही पसलबाट कमाएको बताउछन । घर बनाएको ऋण अब ५ लाख जती मात्रै रहेको बताउछिन । अब केही महिनामा ऋण तिरेर सक्ने बताउछिन । पथरीमा भएका प्राय सहकारी संस्थाहरुमा ताराले शेयर खरिद गरेकी छिन ।
यही पसलबाट भएको अम्दानी करिब १ करोड ३० लाख भन्दा बढी गरेको बताउछिन । छोराछोरी पढाउनु बिहे बटुलो, सामाजिक परम्परा सहभागीता जनाउनु यहि पसलले धानेको बताउने तारासंग बृदबदा ससुरा सासु खुसी साथ बिताएर बसेका छन ।
शब्दको अर्थ धिमाल भाषा
गोरा÷ स्थानिय लोकल रक्सी
तेरेङ÷ सुङगुरको आन्द्रा यापार






