वडा स्तरिय क्रिकेट प्रतियोगितामा सहभागी भएर प्रथम स्थान हासिल गर्न सफल भएको वडा न. १ ट्रफी, मेडल र नगद पु्रस्कार प्रदान गर्दै नगर प्रमुम मोहन तुम्बापो ।
पथरी । पथरीशनिश्चरे नगरपालिकाको २ नम्बर वडा कार्यालयले आयोजना गरेको खेलकुद सप्ताह आइतबार सम्पन्न भएको छ ।
पथरीशनिश्चरे २ गोलचौरीमा सम्पन्न खेलकुद सप्ताहमा बिभिन्न खेलकुद प्रदर्सन र खेलकुदमा सहभागी भएर प्रथम दोस्रो र तेस्रो हुनेलाई पुरस्कार वितरण हुदै सम्पन्न भएको हो ।
पथरीशनिश्चरे वडास्तरीय क्रिकेट च्याम्पियन कपको उपाधी वडा न. १ ले हात पारेको छ । वडा न. २ को टोल स्तरीय फुटबल खेलको उपाधि बुद्धचौक टिमले जितेको थियो ।
छेलो हान्ने प्रतियोगितामा मौसम लिम्बु, दिपेश ढुंगाना र श्याम राई क्रमशः प्रथम, द्वितीय र तृतीय भए । ४ सय मिटर दौड प्रतियोगितामा विनायक लिम्बु, मन क्षेत्री र सबिन श्रेष्ठ तृतीय भएका थिए भने २ सय मिटरको दौड प्रतियोगितामा भीम महतरा, सविन श्रेष्ठ र बिनायक लिम्बु क्रमशः प्रथम, दोस्रो, र तेस्रो भए ।

तपाईको प्रतिक्रिया