
पथरी । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले आजको मितिदेखी १ महिना भित्र इटिकेटिङ लागु गर्न निर्देशन दिएका छन ।
सोमबार नेपाल वायु सेवा निगम को निरीक्षणको क्रममा आम जनताले महसुस गर्ने र गरिएको काम जनताले देख्नेगरी काम सुरु गर्न समेत निर्देशन दिएका छन ।
त्रिभुवन विमान स्थलमा ब्यागेज चोरी रोक्न र त्यहांको ग्राउण्ड हेन्डेलिङ गुणस्तर बृद्धि गर्न, जहाजहरू न उड्ने रोग हटाउने र जहाज समयमै उडाउने कार्य गर्न निर्देशन समेत दिएका छन ।






