
पथरी । कुटपिट तथा अंगभंग गरेको मुद्धामा सुजन बिकलाई २ वर्ष कैद सजायका लागी क्षेत्रिय कारागार झुम्कामा चलान भएका छन ।
धरान उप महानगरपालिका १६ वर्ष २४ का बिकलाई जिल्ला अदालत सुनसरीे २०७६ जेठ २८ गते गरेको फैसला आदेशले अनुसार उनलाई २ बर्ष कैद सजायको कारागार चलान भएका हुन ।
कारागार चलान भएका बिकलाई थप १ लाख रुपैयाँ जरिवाना तोकिए फैसलामा जनाइएको छ । आज सोमबार धरानबाट पक्राउ गरी तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सुनसरी जिल्ला अदालतमा दाखिला गरि कारागार चलान गरिएको प्रहरी प्रबत्ता नविन राईले जानकारी गराए ।






