
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ८ सोमबार ११ घर परिवारलाई जग्गा धनी पुर्जा वितरणको काम सुरु भएको छ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति मोरङको अध्यक्ष सुसिला घिमिरेको उपस्थितीमा सदस्य सचिब सुदिप श्रेष्ठ पथरीशनिश्चरे नगरपालिका वडा न. ८ का वडा अध्यक्ष नविनजङग कार्की सहित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पथरीशनिश्चरे वडा न. ८ को शुक्रबारे, शान्तिचोक, चौबिसे टोल, पुल चोक, बागडुग्रा, राई डाडा लगाएतको क्षेत्रमा नयाँ नापी सुरु गर्न स्थलगत अनुगमन समेत गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिएका छन ।






