
अर्जुन काफ्ले
पथरी । मोरङको रंगेली ५ आमगाछीकी ललिता नुनियालाई हिउँद सुरु भए सँगै गोठको गोवर जम्मा गरेर वस्नु पर्ने बाध्यता छ । नुनियाले गोवर मलका लागी खेतमा हाल्न भने सङ्कलन गरेकी होइनन् । उनले गोवर सुकाएर गुइँठा बनाएर दाउराका लागी बाल्न सङ्कलन गरेकी हुन् ।
आमगाछी कि नुनिया जस्तै त्यस क्षेत्रका गृहिणीको दिनचर्या हो गोठवाट गोवर सङ्कलन गरेर गुइँठा परालसंग मुछेर सन्ठीमा बेरेर दाउरा बनाएर घाममा सुकाउछन । यसरी बनाएका गुइठा दाउराले नै भान्सामा खाना बनाउन वा वस्तुलाई खोले बनाउन प्रयोग गरिन्छ । झापा मोरङ सुनसरीको दक्षिणी भेगमा बसोबास अधिकांश मानिसले यसरी नै खाना पकाउन इन्धनको जोहो गर्छन ।
उत्तरी क्षेत्रमा घना जङ्गल भए पनि दक्षिणी भेगमा भने दाउराकै लागी गोवर प्रयोग गर्नु पर्ने बाध्यत रहेको स्थानीय परमेश्वर नुनियाले बताउछन ।
गोबर मल खाना बनाउन प्रयोग गर्नु पर्ने भएपछि यस क्षेत्रका किसानले खेतीबालीको लागी अत्याधिक रुपमा रशायनिक मलको प्रयोग गर्छन । जसले खेतको उत्पादनमा ह्रास आएको कृषि विज्ञहरू बताउँछन् ।
गोवर सन्ठीमा पकाएको खानाले गर्दा मानव स्वास्थ्यका लागी पनि हानिकारक रहेको स्वास्थ्यकर्मी बताउछन । जसले भान्सामा काम गर्नेलाई श्वासप्रश्वास, दम र फोक्सो सम्बन्धी रोग लाग्ने स्वास्थ्यकर्मीको भनाई रहेको छ ।
प्राङगारिक मलका रूपमा प्रयोग हुने गोवरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्नु भन्दा वैकल्पिक साधन प्रयोग गरेर खाना बनाउन विज्ञहरूको सुझाव छ । वन पैदावारको हकदार बनाउन सामुदायिक वनले प्रयास थाले पनि सरकारी नीतिकै कारण समस्या आएको सामुदायिक वन उपभोक्ता समिति प्रदेश नम्बर १ का सचिव अग्नि पौडेल बताउँछन् ।
सामुदायिक वनको क्षेत्र बाहिर रहेका जनतालाई समेट्न साझेदारी वन गठन गरे पनि साझेदारी वनमा सरकारी नीति कै कारण दाउराका रूपमा भएका वन पैदावार समेत बिक्री वितरण गर्न नसकिएको पौडेलको भनाई छ । गरिवका पहुँचमा वन पैदावार नहुँदा समेत गोवरकै दाउरा बाल्न स्थानीयवासी बाध्य हुदा सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।
सरकारी नीति अनुसार वन पैदावार डाक बढाबढमा विक्री हुने र यसरी विक्री भएको वन पैदावार पहुँचवालाले नै लिने हुँदा समेत समस्या भएको वन सरोकारवाला बताउँछन् ।






