
पथरी । आज मंगलबार दिउसो २ बजे हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर आएको भुकम्पमा परि एक महिलाको मृत्यु भएको छ ।
५ः९ म्याग्नीच्यूटको भुकम्प गौमुल गाउँपालिका–२ बाजुराको जुरेलीको स्थानीय जमुना रोकायाको मृत्यु भएको हो । भुकम्प आएको समयमा रोकाय घाँस काट्न जंगल रहेको र भिरबाट लडेर आएको ढुङगाले लागेर रोकायको मृत्यु भएको प्रहरीले बताएको छ ।
२ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पले ६ वटा घर भत्काएको र अन्य विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीको भनाई छ ।






