पथरी । आफनै शरिरमा पेट्रोल छर्किएर आगो लगाई इलामका एक युवाले संसद भवन अगाडी आत्मदाह प्रयास गरेका छन ।
सूर्यदोय नगरपालिका–११ इलामका वर्ष ३६ का प्रेम आचार्य आज मंगलबार काठमाण्डौं नयाँ बानेश्वर स्थीत संसद भवन अगाडी आत्मदाह गर्ने प्रयास गरेका हुन ।
आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकले जनाएको छ । कीर्तिपुर वर्न अस्पताल काठमाण्डौंमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया