
पथरी । पथरीशनिश्चरे नगरपालिकाको १२ औं नगर सभा सुरु भएको छ । पथरीशनिश्चरे नगरपालिका सिनभिलेज पाटी प्यालेसमा नगर सुरु भएको हो । नगर प्रमुख मोहन तुम्बापो र उपप्रमुख देवीमाया काफलेले संयुत्त रुपमा पानसमा दियो बालेर नगर सभा बैठक सुरु भएको थियो । नगर सभा हुने भएकोले आज पथरीशनिश्चरे नगरपालिका अन्र्तरगतको सम्पूर्ण सेवा बन्द छ । बैठकमा वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य सहित बिभिन्न बिभागकाका प्रमुखहरुको सहभागिता रहेको प्रेश संयोजक सन्तोष राईले जानकारी दिएको छन ।






