पथरी । प्रतिनिधी सभा सदस्य, सांसद डा.सुनिल शर्माले आफनो तलब÷भत्ता नलिने बताउदै संसद सचिवालयमा पत्रचार गरेका छन ।
मोरङ क्षेत्र न. ३ बाट मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्बाचित सांसद डा. शर्माले माघ ४ गते नै संसद सचिवालयमा जानकारी गराउदै आफुले पाउने सेवा सुबिधा नलिने ब्यवस्था मिलाई दिन अनुरोध गर्दै पत्रचार गरेका हुन ।


नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका डा. शर्माको पत्र पाए पछि संसद सचिवालयका अधिकारीले माघ १० उत्त पत्र दर्ता गराउदै माननियले उल्लेख गरे अनुसार गरिदिन भन्दै तोक लगाएर संसद सचिवालयको सचिवलाई आदेश गरेका छ ।
सोही पत्रमा हस्ताक्षर गरेर आर्थिक प्रशासन शाखामा पनि आदेश अनुसार गर्न निर्देशन दिएको छ भने संसद सचिवालयको सुबिधा ब्यवस्था शाखामा रेर्कड प्रायोजनको लागी समेत दर्ता गर्न निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया