पथरी । अर्जुनधारा नगरपालिका ८ झापाबाट वर्ष ३३ का मनोज बस्नेतलाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन ।
उदयपुरको रामपुर २ घर भई झापा स्थानमा बस्दै आएका बस्नेतले वर्ष ४५ का श्रीमती कल्पना पोखरेलको हत्या गरेको आरोपमा झापा प्रहरीले पक्राउ गरेको हो ।
गत शनिबार सामान्य घरायसी बिषयमा बादबिबाद हुँदा बस्नेतले श्रीमतीको हत्या गरेको थियो । प्रहरीले जानकारी दिए अनुसार घटनालाई ढाकछोप गर्न नजिकै रहेको चौरमा खाल्डो खनेर पुरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई पक्राउ गरेको जनायो ।
गाडेको ठाउबाट लाश उत्खनन गरी शव परिक्षणको लागी वि.पि. कोईराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनायो ।

तपाईको प्रतिक्रिया