
पथरी । पथरीशनिश्चरे १० शिविर क्याम्प अगाडी पिकअप भ्यानको ठक्करले एक बृद्ध घाइते भएका छन ।
आज माघ २४ गते बिहान १०ः३० बजेको समयमा पूर्वबाट पश्चिम जादै गरेको को २ प २५८६ नम्बरको गाडीले ठक्कर दिदा पैदलयात्री सेक्टर ३३४ बेलडाँगी झापा सेक्टर बिफोर भुटानी शिविर बस्ने वर्ष ८२ को प्रतापसिं राई घाइते भएका हुन ।
ठक्करबाट घाइते भएका राईको टाउकोमा चोट लागेको र तत्कालै पथरी अस्पतालमा उपचार गराउदा सम्भव नभए पछि थप उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पु¥याइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
दुरघटना गराउने सवारी र चालक दमक नगरपालिका ३ झापा निवासी वर्ष ३८ का मनकुमार दाहाल इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।






