पथरी । माघ २३ गते सोमबारको दिन प्रहरी एयरगन सहित ४ जना भारतिय युवाहरुलाई पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका ६ बाट एयरगन सहित भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका वर्ष २० का ओम साह, वर्ष २५ सिद्धार्थ मगर, वर्ष २० मोहम्बद सुल्तान सुसेन र वर्ष २० बिटु सरकारलाई पक्राउ गरेको हो । प्रहरीले जानकारी दिए अनुसार मंगलबार दिउसो साढे ११ बजे भारतबाट नेपाल प्रबेश गर्ने क्रममा उनिहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको नियन्त्रणमा लिएका जनायो । पक्राउ परेका उनिहरुलाई हतियार र गोली सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट कारबाही तयारी भईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया