पथरी । इलाका प्रहरी कार्यालय पथरीका प्रमुखको जिम्मेवारी सम्हाली रहेका डिएसपी वेदप्रसाद गौतमको धनुषा सरुवा भएको छ । १० महिना अगाडी पथरी प्रहरीको नेतृत्व सम्हाल्न आएका गौतमले रमना लिएर बुधबार पथरीबाट जिल्ला प्रहरी कार्यालय धनुषा जाने भएका हुन ।
इलाका प्रहरी कार्यालयको नेतृत्व गरेका डिएसपी गौतमको कार्यकाल फलदायक रहेको र स्थानियले शान्ती सुरक्षामा महसुष गरेका थिए । गौतम सरुवा भएर गए पछि इप्रका पथरीको नेतृत्व गर्न डिएसपी लक्ष्मी भण्डारी आउने प्रहरीले स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया