पथरी । पथरीशनिश्चरे २ बुद्धचौकमा रहेको बुद्धको मुर्ती वरीपरि राखिएको बत्ती –बल्ब) फुटाउने ४ जना मध्ये ३ जनालाई प्रहरीले नियन्त्रणमा छ । पथरीशनिश्चरे नगर पालिका वडा न. को २ जना बर्ष १९ को २ जना र वडा न. १० को १९ वर्षको २ जना रहेका छन । ३ जना पक्राउ परे पनि १ जना फरार छन ।
सोमबार राती १२ः३० बजेको समयमा उनिहरुले मुर्ती वरीपरि रहेको बालिएको बल्ब र नगरपालिकाले राखेको फोहोरकोे डष्टबिन फुटाएका थिए । पक्राउ परेका ३  जनालाई इलाका प्रहरी कार्यालय पथरीले कारबाही अगाडी बढाउन म्याद थपको लागी बुधबार लगिएको प्रहरी बतायो । उनिहरुको उमेर नपुगेकोले नाम सार्वजानिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया