
पथरी । पथरीशश्चिरे २ छयालिस बिघेमा रहेको थाकथाको माबुहाङ सः मिलका सञ्चालक पूर्ण लिम्बुको घर गत मंगलबार घरमा प्रयोग गर्न तानिएको बिजुलीबाट आगलागी भएको छ ।
लेटाङ नगरपालिका वडा नम्बर ३ कमलपुर नयाँवस्तीमा बसोबास गर्दै आएका लिम्बुको घर मंगलबार जलेर नष्ट भएको छ ।
जंगली हात्तीले आक्रमण गरेपछि घर लडाउदा बिजुलीबाट आगलागी स्थानियले बताए । आगलागीमा परेर लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, नगद र गरगहना लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।






