पथरी । नेपाल बिद्यार्थी संघको पथरी बुहुमुखी क्याम्पसको सभापतिमा केशर राई सर्बसम्मत निर्वाचित भएका छन ।
शुक्रबार क्याम्पसको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै केशर राईको नेतृत्वमा नयाँ समिति गठन गरेको हो ।
समितिको उपसभापतिहरुमा सफिन आचार्य, गंगाराम शाह, सुजन साँवा, सोमनाथ फुयल र पुनम मगर रहेका छन ।
सचिवमा भुपाल खतिवडा र मिरा अधिकारी सहसचिवमा प्रश्ना लुइटेल, दुर्गाप्रसाद दाहाल, मिलन पौडेल, रोशन गजमेर, शैलेश बिष्ट, सविना घिमिरे र निलम दाहाल रहेका छन ।
कोषाध्यक्षमा केदार बजगाई निर्वाचित भए । ७७ सदस्य समिति निर्वाचित भए । भेलामा पार्टीको पथरीशनिश्चरे नगर सभापति रुपनारायण भट्टराई मोरङ क्षेत्र न. का सभापति गणेश खडका लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया