सम्मान पत्र सहित तस्वीर खिचाउदै पुर्व संस्थापक निर्देशक अशोक साम्पाङ राई । तस्वीर तिम्मा न्युज 
पथरी । रेड स्टार अंग्रेजी बोडिङ स्कुलले पूर्व संस्थापक निर्देशक अशोककुमार साम्पाङ राईलाई सम्मान गरेको छ ।
पथरीशनिश्चरे २ शान्तीचौकमा स्थापित उत्त स्कुलले आज शनिवार माघ २८ गते २७ औं स्थापना दिवसको अवसरमा आयोजित भब्य समारोहका विच संस्थापक निर्देशक राईलाई सम्मान गरेको हो ।


विद्यालयले प्रदान गरेको सम्मान पत्र । तस्वीर तिम्मा न्युज 
बिद्यालयको प्रिन्सीपल टिएन तिम्सीना (टेकनाथ) र पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले हस्ताक्षर गरि प्रदान गरेको सम्मान पत्रमा शिक्षा र बालबालिकाको क्षेत्रमा आफनो उर्वर समय लगाएर महत्वपूर्ण योगदान गरिएको चर्चा गरिएको छ ।
२०५२ साल देखी २०७१ सालसम्मा अनवारत रुपमा स्कूलको विकासमा योगदान गर्दै शिक्षा र रोजगारको सिर्जना गरी उद्यमशिलता र सशत्तीकरणमा योगदान पु¥याएको स्मरण गरिएको छ ।
राईसँगै भुवानेश्वर पोखरेल, दिपेन्द्र बस्नेत, दिपा मगर यस बर्षको उत्कृष्ट शिक्षकको रुपमा दिलसरी राई र कर्मचारी गोबिन्दप्रसाद लुइटेल सम्मानित भएका थिए ।


बिद्यलयका शिक्षकहरुसंग सामुहिक तस्वीर  । तस्वीर तिम्मा न्युज 
सोेही कार्यक्रममा चर्चित नाटककार जीवन बरालको लेखन तथा निर्देशनमा बनेको नाटक ‘श्रवणकुमार’ र कचहरी नाटक ‘ईच्छा’ प्रस्तुत गरे भने भने विद्यार्थीहरुले साकेला नाच, धिमाल नाच र कौडा नाच प्रस्तुत गरे ।
यसै शैक्षिक सत्रबाट नगर क्षेत्रमा नै पहिलो पटक संस्थागत बिद्यालयहरु मध्ये पहिलो पटक बिबिएस बिए कक्षा सञ्चालनमा ल्यएको यस विद्यालयको आज शनिबार बिद्यायलय प्रङगणमा नै बृहत कार्यक्रमको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया