
पथरी । पथरीशनिश्चरे नगरमा हात्तीपाइले (फाइलेरिया) रोगबाट बच्न औषधी वितरण गरिने भएको छ ।
मोरङमा हात्तीपाइले रोगको संक्रमण रहेकोले फागुन ११ गतेबाट सर्बसाधरणलाई औषधी वितरण गरिने भएको हो ।
पथरीशनिश्चरे नगरमा १२ औं पटकको औषधी वितरण भईरहेकोले सबै नगरबासीले औषधी सेवन गरेर यो महाअभियानलाई सफल बनाउन नगरको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताए ।
सन २०३० सम्मा विश्वबाट यो रोगलाई अन्त गर्ने लक्ष सहित काम भईरहेकोले सबैले यो औषधी सेवन गर्दा स्वास्थ्य लाभ हुने प्रमुख आचार्यको भनाई रहेको छ ।
यो रोग मच्छकको टोकाइबाट सर्ने भएकोले प्रत्येक विद्यालयमा पुगेर स्वास्थ्य कर्मी र स्वयम सेवकले औषधी दिइने कार्यक्रम छ ।






