
पथरी । इलाका प्रहरी कार्यालय पथरीको नेतृत्व गर्न डिएसपी लक्ष्मी भण्डारी आएका छन । १३ वर्ष अगाडी प्रहरी निरिक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवा सुरु गरेका भण्डारीले इप्रका पथरीको नेतृत्व गर्न आई पुगेका हुन ।
३३ किलो सुनकाण्डको मुख्य अभियुत्त गोरे पक्राउको सफल अनुसन्धान, संखुवासभामा परिवार नै बिनासकारी हुने गरि भएको हत्या कान्डको अनुसन्धानको अब्बल भुमिका निर्वाह गरेका भण्डारी पथरी प्रहरीको नेतृत्व गर्न आएका हुन ।
पूर्व पश्चिम राजमार्ग सडक ब्यवस्थापन ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशमा कार्यरत थिए । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफनो मातहतको क्षेत्रलाई शान्ती सुरक्षा दर्बिलो ढंगले गर्ने बताए ।






