
पथरी । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिको अध्यक्ष्तामा डम्बर राई सर्बसम्मत निर्वाचित भएका छन । नव निर्वाचित समितिको उपाध्यक्षमा रोहित सुब्बा सचिवमा पुकार राई सह सचिव निलम बस्नेत र कोषाध्यक्षमा रबिप्रसाद केदेम निर्वाचित भए ।
७ समिति सदस्य रहने टिममा पवन राई सदस्य रहेका छन भने १ जना सदस्य पथरीशनिश्चरे नगरपालिकाले सिफारिस गरेको ब्यात्ती हुनेछ । बिहिबार नगर समिति गठन भएको थियो । भोली शनिवार उर्लाबारीमा हुने संघको मोरङ जिल्ला अधिवेसनमा प्रतिनिधीका लागी अध्यक्ष डम्बरबहादुर राई, सचिव पुकार राई र कोषाध्यक्ष निलम बस्नेतलाई सर्बसम्मत रुपमा पठाउने निर्णय भएको जनाइएको छ ।
जिल्ला अधिबेशनका लागी अन्य प्रतिनिधीहरुमा मोरङ च्याम्पीयन लोकसागर साम्बा, पूर्व च्याम्पीयन अमिर राईलाई पठाउने निर्णय भएको छ भने संघको अधिवेशन नेपाल बुद्धिचाल संघ मोरङ जिल्ला उपाध्यक्ष उद्धव थापाको रोहबरमा गठन भएको थियो ।






