
पथरी । चन्द्रकिरातेश्वर माबि पथरीशनिश्चरे ७ मा लागु औषध न्यूनिकरण कार्य योजना, म सक्छु अभियान अन्र्तरगतको कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति आज शुक्रबार विद्यालयको प्राङगणमा ईलाका प्रहरी कार्यालय पथरी मोरङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इप्रका प्रमुख डिएसपी लक्ष्मी भण्डारी जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष काँसीहाङ राई, चन्द्रकिरातेश्वर मा.वि.का.प्रधानाध्यापक हर्कराज जिमी शिक्षकहरू÷शिक्षिकाहरू र कक्षा ६,७,८,९ र १० मा अध्ययनरत छात्र÷छात्राहरू लगायतको उपस्थिति रहेको थियो ।






