पथरी । प्रहरीले मोटरसाइकल चोर्ने २ जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थितमा पार्किङ गरी राखेको अवस्थामा चोरी गर्ने इटहरी–२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका–१ का सौगात थापा पक्राउ परेका हो । माघ २५ गते इटहरी–२ का बिक्रम खडकाको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरेका थिए ।
खोज तलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई बिराटनगर–११ स्थितबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनिहरुको सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया