
पथरी । नेकपा माओबादी केन्द पथरीशनिश्चरे नगर्रले जनयुद्धमा शहिद भएकाहरुको परिवारलाई सम्मान गरेको छ ।
नगरको वडा न. ५ भेटघाट चोकमा हिजो फागुन ९ गते मंगलबार १० परिवारलाई सम्मान गरेको हो ।
जनयुद्धमा साहदत प्राप्त गरेका सहिद सन्तोष लिम्बूको पत्नी लक्ष्मी लिम्बू, नेत्रबहादुर मगरकी आमा सरस्वति मगर, हंसिलाल राजवंशीकी बुहारी उज्वलकुमारी राजवंशी र हालसम्म बेपत्ता लक्ष्मी खतिवडाको बाबु जनकलाल खतिवडालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा दधिराम कुइकेल, शोभालाल चौकरी, तिलक धिमाल, ईन्द्रबहादुर घिमिरे, गोपाल गन्गाइ, तिलबिक्रम बस्नेत, धनबहादुर लिम्बू लगायत रहेका छन् । कार्यक्रममा मोरङ ३ (क)बाट बिजेता समानुपाति प्रदेश सभा सदस्य गीता तिम्सिनालाई पनि दोसल्ला ओढाएर बधाई तथा सम्मान गरिएको थियो ।
पंचयती ब्यवस्था बिरुद्धमा लागेर योगदान पु¥याएका अन्य ब्यत्तीहरुलाई सम्मान गरिएको थियो
माओवादी केन्द्र ५ नं. वडा समिति अध्यक्ष रिजमान अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीको नगरको सहइन्चार्ज नेत्र पोख्रेल (बिशाल)ले जनयुद्ध वा त्यो भन्दा अघि बलिदान दिने सहिदहरुलाई भुल्दै जाने अवस्था आएकोले परिवारलाई सम्मान गरिएको बताए । पोख्रेलले सहित सबैको साझा हुने तर्क प्रस्तुत गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि गीता तिम्सिना, संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मागर, ५ नं. वडा अध्यक्ष चेतेन्द्र खड्का, माआवादी केन्द्र नगर अध्यक्ष गोबिन्द कटुवाल लगायतले बधाई तथा शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा १ नं. प्रदेश समिति सदस्य रञ्जु कटुवाल, नगर सहइन्चार्ज बालकुमार मगर (विकास) किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय महासचिव अर्जुन किराती, पार्टीको पथरीशनिश्चरे नगर सचिव मान दियाली, नेता मदन पोख्रेल, शिव तिम्सिना, राजकुमार तिरुवा लगायतको उपस्थिति रहेको थियो ।
अव प्रत्येक वडामा कार्यक्रमलाई तिब्रता दिदै लगिने नगर अध्यक्ष गाबिन्द कटवालले बताए ।






