
पथरी । वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भए ।
बृहत कार्यक्रममा डा. सन्दुक रुइतलाई बहराइनमा हिजो मंगलवार बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको हो ।
रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्डसहित सम्मानपत्र प्रदान गरेका जनाइएको छ ।
‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो ।






