
बेलबारी । बेलबारी नगरपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक वर्ष ३० का विशाल सिटौलाको दुरघटनामा परि मृत्यु भएको छ ।
बुधबार कार्यालयको काम सकेर घर तर्फ हिडेका दमक नगरपालिका – ४ कृष्णमन्दिर तर्फ गईरहेको अवस्थामा पथरीशनिश्चरे नगरपालिका १० पिकअप भेनको ठक्करले सिटौलाको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
अफिसको काम सकेर मे ७ प ७५४२ नम्बरको मोटसाइकलमा सवार सिटौलालाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ४१७१ नम्बरको पिकअप भेनले ठक्कर दिएको थियो । भनेको ठक्करबाट गम्भीर घाइते भएका सिटौलाको उपचारको क्रममा मृत्यु भएको हो ।






