
पथरी । डाक्टर सहितको टोली लिएर सुदुर पश्चिमको नागरिकलाई उपचार गर्न डा. सुनिल शर्मा अहिले अछाम कालिकोट कर्णाली लगायतका जिल्लाहरुमा ब्यस्त छन ।
निशुल्क उपचार गर्ने पबित्र उदेश्य सहित डा. शर्माको टोली सुदुर पश्चिमका ग्रामिण क्षेत्रका नागरिकको उपचार गर्न शिविर सञ्चालन गर्दै ब्यस्त भएका हुन । ।
मोरङ क्षेत्र न. ३ बाट संघिय सभा सदस्यमा निर्वाचित डा शर्मा नेपाली काग्रेस पार्टीबाट संसदमा प्रतिनिधित्व गर्दछन ।
प्रतिनिधी सभा सदस्यलाई संसद सचिवालयबाट पाउने सेवा सुबिधा समेत नलिने निर्णय गरेर जनताबाट वाहवाही पाएका डा. शर्मा विराटनगरमा रहेको नोवेल मेडिकल कलेज र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालक समेत हुन ।
डा.शर्मा ग्रमिण भेगमा निःशुल्क उपचार गरिदिनलाई १८ जना डाक्टरको जम्बो टोली लिएर अछाम पुग्दा स्थानिय नागरिक आफनो स्वास्थ्य परिक्षण गर्न लाइन लागेर बसेको देखिन्छ । १८ जना डाक्टर बिशेषज्ञ टोलीमा आवश्यक अन्य दक्ष जनशत्ती, प्राबिधिक र प्रबिधि सहित गाउँ गाँउमा पुग्दा स्थानिय नागरिक हर्षित छन ।
डा. शर्मासंगै टोलीमा शर्माका धर्मपत्नी एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा पनि सोही टोलीमा अछाम पुगेकी छिन् आइतवार अछाम पुगेर नागरिकको उपचारका लागी एक हप्तासम्मा शिविर सञ्चालन गरि सकाएर फर्किने कार्यक्रम रहेको डा.शर्माले जानकारी दिए ।
शिविरमा विरामीको स्वास्थ्य परीक्षण सहित सामान्य शल्यक्रियासमेत गर्नेछ । विरामीलाई भिडियो एक्सरे, मुटुको जाँच इको र इसीजी, ब्लड टेष्ट लगायत सेवा पनि शिविरमै प्रदान गरिदैछ । हालसम्मा टोलीले अछामको पञ्चदेवल विनायक नगरपालिकासँग सहकार्य गरेर आइतवार र सोमबार सञ्चालन गरेको छ । दुई दिन सञ्चालित शिविरमा ३ हजार ७ सय ६२ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । जसमध्ये आँखा, बालरोग, मुटुरोग, स्त्रीरोग, हड्डी र नाक कान घाँटी सम्बन्धी समस्या भएका १८२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रिफर गरिएको छ ।
त्यस्तै, अछामको मंगलसेन नगरपालिकासँग सहकार्य गरेर मंगलबार अछाम बहुमुखी क्याम्पसमा गरिएको शिविरमा २ हजार १ सय ३१ विरामीले निःशुल्क उपचार सेवा पाएका छन् । त्यहाँ उपचार सम्भव नभएका ६५ विरामीलाई अस्पताल रेफर गरिएको छ । काठमाडौंबाट विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि शिविरहरुमा विरामीको भीड लाग्ने गरेको छ ।
अब, अछामको कमलवजार नगरपालिका र कालिकोटको मान्मामा निःशुल्क शिविर गरिदैछ । शिविरमा उपचार सम्भव नभएका बिरामीहरुलाई केएमसी र नोबेलमा आवश्यकता अनुसार सबै किसिमको अप्रेशनसहितको निःशुल्क उपचार गरिनेछ । त्यहाँबाट बिरामीहरुलाई अस्पतालसम्म ल्याउँन सम्बन्धित पालिकाहरुले सहयोग गर्ने भएका छन् ।






