
पथरी । नेपालमा पहिलो पटक सहकारी संस्थाको अवधारणा ल्याउने बखानसिङ गुरुङको सालिक पथरीमा उभ्याइएको छ ।
बि.स. १९५६ बैसाख ५ गते जन्म भएका गुरुङको बि.स. २०४० माघ २५ गतेको दिन निधन भएको थियो ।
गुरुङले २०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा नेपालको पहिलो सहकारी बखान बचत तथा ऋण सहकारी संस्था खोलेको अभिलेखमा पाइन्छ ।
यो सालिक सम्भवत नेपालमा नै पहिलो पटक सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगर समितिले निर्माण गरेको छ । लगभग ४ लाख रुपैयाँको लागतमा निर्माण भएको सालिक संगैको पुस्ताकलयको डिपिआर गरि पिसिसिसम्माको काम सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयको ३ लाख ५० हजार आर्थिक सहयोग र अन्य संगठनको आन्तरिक पुँजीबाट निर्मित हो ।
पुस्तकालय निर्माण गर्न लगभग १५ लाख रुपैयाँ लाग्ने अनुमानित खर्च लाग्ने भएकोले बजेट अभावको कारणले रोकिएको सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगर समितिको अध्यक्ष गणेशकुमार राईले बताए ।
यो सालिक २०७६ फाल्गुन २३ गतेको दिन पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले सिल्यान्यस गरेका थिए भने २०७७ चैत्र २० गते निर्माण सम्पन्न भई सालिकको अनावरण गरिएको थियो ।






