
बालिका अबिभावकको सम्पर्कमा आएको जानकारी गराउदै इप्रका पथरी प्रमुख भण्डारी । तस्वीर तिम्मा न्युज
पथरी । एक हप्ता अगाडी बेपत्ता भएकी ४ जना बालिकाहरु अबिभावकको सम्पर्कमा आएका छन ।
पथरीशनिश्चरे १ बाट गत हप्ता हराएकी उनिहरु हिजो आइतबार बेलुका प्रहरीको माध्यम हुदै अबिभावकको सम्पर्कमा पुगेको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारीका अनुसार २ जना बालिकाहरु रौतहटको मैलाबारीबाट पथरी आए पछि अबिभावकको जिम्मामा लगाएको र २ जना भने काठमाण्डौं आफन्तको सम्पर्कमा पुगेको बताए ।
काठमाण्डौं पारिवारीक सम्पर्कमा आएको हुनाले खोज तलास गर्न नपर्ने निवेदन २ जना बालिकाको अबिभावकले प्रहरी कार्यालयमा दिएको समेत डिएसपी भण्डारीले जानकारी दिए ।






