
पथरी । पथरीशनिश्चरे ७ लामाटोल बस्ने बर्ष ५८ का सन्तोष नेपाल गाउँघरका असल मेकानिक हुन ।
करिब ४४ सालदेखी मेकानिकल पेशा नै अंगालेर आफनो जीवनयापन गर्दै आएका उनि ग्यास चुला, प्रेसर कुकर, राइस कुकर, साइकल, भट्टीचुला मर्मत गर्छन ।
दैनिक १५ सय रुपैयाँ कमाउछन । भोटाहिटी टेक्नीकल इन्सीच्यसट र बालाजु टेक्नीकल इन्सीच्यूटमा ६ महिनाको कोर्ष पुरा गरेका नेपालले धेरै कुरा काम गर्दै गए पछि जानेको बताउछन ।
कक्षा १० को पढाई सकेर बिद्यार्थीहरु अर्काको जागिर खाने मनोबिज्ञान बोकेर प्लस टु, ब्याचलर र डिग्री पढर्ने गरेको बताउदै यसरी देश र नागरिकको विकास नहुने बताउउछन ।
अहिलेको शिक्षा भनेको अरुले बनाएर तयारी गरिएको चिज राखी दिएपछि खाने भएको भन्दै यस्तो शिक्षाले कसैको भलाई नगर्ने बताए ।
आफुसंग कोही सिक्न चाहने रहर भए सशुल्क सिकाउन तयार रहेको बताए ।






