पथरी । १६ वटा जिल्लालाई बुधबार कोशी प्रदेश नामाङकन गरेको बिरोध गर्दै पथरीमा चक्काजाम गरेको छ । पहिचानको आधारमा १६ वटा जिल्लालाई प्रदेशको नामाङकन गर्नु पर्ने माग गर्दै आएको बिभिन्न संगठनमा आबद्ध पहिचान पक्षधर अगुवाहरुभेला भएर चक्काजाम गरेको हो ।
किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष तिलक राई उपमहासचिव अर्जुन जम्नेली, केन्द्रीय सदस्य नराहाङ राई, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य लोकसागर साम्बा, पूर्ब प्रदेश सांसद कृष्णकुमारी राइर्, लिम्बुवान पक्षधर कार्यकर्ताहरु भेला भएर करिब २५ मिनेट राजमार्ग अबरुद्ध गरेका थिए ।
शान्तीपुर्ण रुपमा चक्काजाम कार्यक्रम गर्दै कोणसभामा बोल्दै अर्जुन जम्नेलीले पहिचानलाई पाखा लगाएर छापामार शैलीमा प्रदेशको नामाङकन गरिएको कारण बिरोध गर्न परेको बताए ।

तपाईको प्रतिक्रिया